लकडाउन कडाई गर्न म्यादी प्रहरी भर्ना

लकडाउन कडाई गर्न म्यादी प्रहरी भर्ना

भोजपुर : सरकारले गरेको ‘लकडाउन’लाई कडाई गर्न हतुवागढी गाउँपालिकाले म्यादी प्रहरी परिचालन गर्ने भएको छ। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले सुरक्षाका लागि म्यादी प्रहरी राख्ने निर्णय गरेको हो।

गाउँपालिकाले सार्वजनिक सूचना निकालेर यसअघि निर्वाचनमा खटिएका र सेना प्रहरीबाट पेन्सनमा निस्किएकाका लागि म्यादी प्रहरीको दरखास्त आह्वान गरेको छ। 

विशेषगरी गाउँपालिकासँग जोडिने सुनबालुवा, लामीबगर, भँगालेटार, मचुवा, सिम्ले र चुहार नाकामा म्यादी प्रहरी परिचालन गर्न लागिएको हो। गाउँपालिकाकाले प्रमुख नाकामा सावधानी अपनाउँदै सर्तकता बढाउन म्यादी प्रहरी परिचालन गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

‘संक्रमणकालीन स्थितिलाई कडाईका साथ पालना गर्न हामीले म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरेका हौँ’, अध्यक्ष राईले भने। आफ्नो क्षेत्रमा पर्याप्त सुरक्षाकर्मीको जनशक्ति नभएकोले जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर म्यादी प्रहरी भर्ना प्रक्रिया थालिएको गाउँपालिकाले जनाएको छ। 

चैत २५ गते बसेको बैठकले गाउँपालिका छिर्ने नाकामा म्यादी प्रहरी परिचालनका लागि नियुक्त गर्ने निर्णय गरेको थियो। म्यादी प्रहरीलाई गाउँपालिकाले नै पारिश्रामिक दिने निर्णय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.