बागलुङका संक्रमितसहित आठको स्वाब पोखरा पठाइयो : र्‍यापिड टेष्ट बिहीबारदेखि

बागलुङका संक्रमितसहित आठको स्वाब पोखरा पठाइयो : र्‍यापिड टेष्ट बिहीबारदेखि

बागलुङ : कैलालीका संक्रमित युवकसँगैको भीडमा भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल आएका बागलुङका चारसहित आठ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ। 

धौलागिरी अञ्चल अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयको टोलीले भारतबाट आएर जिल्लाको बरेङ गाउँपालिकामा क्वारेटाइनमा रहेका ६ जनाको स्वाब मंगलबार सोही स्थानमा पुगेर संकलन गरेको थियो।  

नेपाल भारत सिमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका युवामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चारजना र अन्य भारतबाटै आएका दुई जनाको स्वाब संकलन गरिएको धौलागिरी अञ्चल अस्पतालका ल्याब प्रमुख सुरज बरालले जानकारी दिए। 

उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा ७ दिन क्वारेन्टाइनमा बसेर बागलुङको बरेङ आएका थिए। बरेङ आएर सर्वोदय माविको क्वारेन्टाइनमा बसेको १४ औं दिनमा घर पठाउने तयारी भए पनि सोही दिन नेपालमा संक्रमण पुष्टि भएका युवक आएकै भीडबाट उनीहरु आएको सूचना र समाचार पछि क्वारेन्टाइनमा राखिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेलले बताए। 

यसका साथै नयाँ बजारको जनता प्रावि क्वारेन्टाइनमा रहेका भारतकै मुम्बईबाट आएका दुईजना र उनीहरुलाई गुल्मीको शान्तिपुरसम्म लिन पुगेका अरु दुई जनाको पनि स्वाब संकलन गरिएको छ। 

कोरोना संक्रमण देखिएका नेपालका पाचौ संक्रमित युवतिको तेस्रो पटक र छैठौ संक्रमित ६५ वर्षीया महिलाको दोस्रो पटक स्वाब परीक्षणमा पठाइएको छ। 
संकलित स्वाब परीक्षणका लागि बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। बागलुङमा अहिले सम्म १८ जनाको स्वाव परिक्षण भैसकेको छ। 

परीक्षण गरिएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको रिपोर्ट नेगेटिभ छ। पोजेटिभ देखिएका दुबैको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। बाँकी १६ जनाको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। 

बागलुङमा दुईजना संक्रमित भएको पुष्टि भएसँगै जिल्लामा जोखिम र त्रास बढेको छ। यद्यपि दुवै संक्रमित परिवारका कुनै पनि सदस्यमा संक्रमण नसरेको नेगेटिभ रिपोर्ट आए पछि आंशिक राहत मिलेको छ। तर, भारत र अन्य देशबाट आएकाहरुबाट बढि जोखिम देखिएको र निगरानीमा राखिरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले बताए।

नेपाल सरकारले जिल्लामा जोखिम बढे पछि कोरोनाको दुर्त परीक्षण र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ। यसका लागि मन्त्रालयको टोली आज बुधवार साँझ मात्र सदरमुकाम आइपुग्ने र बिहीबार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिइए पश्चात परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालय प्रमुख गुरौले जानकारी दिए।  

स्वास्थ्य मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ८ सय १३ र संक्रमितको सम्पर्क तथा गाउँका केहीको गरेर ९ सय जनाको परीक्षण गर्नुपर्ने बताएको भए पनि र्‍यापिड टेष्टको विश्वसनियतामा जिल्लावासीले शंका व्यक्त गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.