सफा बग्न थाल्यो त्रिशुली
![सफा बग्न थाल्यो त्रिशुली](https://annapurnapost.prixacdn.net/media/albums/trishuli-river-clean-un-lockdown_20200410043732_Ax66oX6zUQ.jpg)
धादिङ : लकडाउनले बालुवा प्रशोधन तथा उत्खनन् रोकिएपछि त्रिशुली नदी सङ्लोे बग्न थालेको छ। नदी किनाराका बालुवा धुने फिरफिरे र अवैध उद्योग बन्द भएपछि विगत २ साता अघिदेखि त्रिशुलीको स्वरुप बदलिएको हो। धादिङ र नुवाकोटमा बालुवा धुने, नदीबाटै बालुवा झिक्ने र नदी किनारमै क्रसर चलाउँदा त्रिशुली बाह्रै महिना धमिलो बग्ने गर्थ्यो।
सरकारले तोकेको मापदण्ड विपरित सञ्चालन भएका खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगले नदी धमिल्याउने गरेका त्रिशुली बचाउ अभियानका अभियन्ता श्रवण त्रिपाठी बताउँछन्। मलेखुका स्थानीय निर्मल थपलियाले भने, ‘अहिले देखिएको त्रिशुलीको यो कन्चन दृश्य निकै दुर्लभ हो, विगत ५ बर्ष यता हिउँदमा पनि यस्तो देख्न पाइएको थिएन।’ ह्वाइट वाटर र्याफ्टिङको लागि दक्षिण एसियामै प्रसिद्ध त्रिशुली प्रदुषणको चपेटामा पर्न थालेपछि र्याफ्टिङ गर्ने पर्यटक घट्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)