सर्वोच्चले गर्‍यो उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण

सर्वोच्चले गर्‍यो उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं : सर्वोच्च अदालतले देशमा उत्पादकत्वको अवस्था बिग्रन नदिई उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले कोभिड–१९ को सङ्क्रमणको कारणबाट असहज परिस्थिति देखा परेको हुँदा यस्तो अवस्थामा उत्पादकत्व बढाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको हो। 

आदेशमा भनिएको छ, 'सरकारका सम्बद्ध निकायको तत्काल गम्भीर ध्यानाकर्षण हुनुपर्छ र जनताको अधिकतम हित, शिक्षाको अवसर वा जनस्वास्थ्यको प्रत्याभूति, उत्पादकत्वमा वृद्धि गर्नेसहित आमसञ्चार क्षेत्रको संरक्षणका लागि आवश्यक प्रवद्र्धनकारी कार्यक्रम सञ्चालन गरिनुपर्छ।'   

अधिवक्ता अनन्तराज लुइँटेल र  प्रतिभा उप्रेतीले राज्यको उत्पादकत्व बढाउन बैंकको ऋण मिनाहा गर्न कृषि क्षेत्रलाई ध्यान र विद्यार्थीलाई अनलाइन पढाइको आदेश दिन माग गरी रिट निवेदन दायर गर्नुभएको थियो। सरकारी विज्ञापन समानरुपमा सञ्चारमाध्यमलाई वितरण गर्न मिल्ने हो वा होइन भन्नेबारेमा लिखितरुपमा खुलाई बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्न आदेशमा भनिएको छ। 

विद्यालय हाल बन्द भएका कारण बच्चालाई घरमा नै बसेर अनलाइन पढ्ने व्यवस्था गराउनका लागि सरकारलाई आदेश दिन रिट निवेदनमा माग गरिएको थियो। रिट निवेदनमा भविष्यमा खाद्यान्नको बीउविजनको अभाव हुने देखिएकाले त्यसलाई बचाउनका लागि उचित कार्यक्रम ल्याउनको लागि सरकारका सम्बन्धित निकायलाई आदेशको माग गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.