खाद्यान्न पनि अनिवार्य क्वारेन्टाइनमा

खाद्यान्न पनि अनिवार्य क्वारेन्टाइनमा

संखुवासभा : मादी नगरपालिकाले नगर भित्रिने खाद्य सामाग्रीलाई पनि क्वारेनटाइनमा राख्न थालेको छ। खाद्यान्नलाई ७२ घण्टा क्वारेनटाइनमा राखेर मात्र व्यापारीसम्म पुर्या‍उन सुरु गरिएको हो।

कोरोनाको संभावित संक्रमण रोक्न नगर क्षेत्र भित्रिने प्रमुख नाका वडा नं ६ को मादीराम्बेनी र वडा नं. १ को चौकीबजारमा खाद्यान्नलाई क्वारेनटाइनमा भण्डारण गरिएको नगर उपप्रमुख उर्मिला सुवेदीले बताइन। उनले भनिन्–‘सामानबाट समेत कोरोना भित्रन सक्ने भएकाले सबै सामाग्रीलाई अनिवार्य क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाइएको छ।’ क्वारेनटाइनमा राखिएको सामाग्री मात्रै व्यापारीले विक्री गर्न पाउने उनले बताइन्।

खाद्यान्न ढुवानी गर्ने गाडीमा स्प्रे गर्ने र चालकको स्वास्थ्य परीक्षणपछि मात्र क्वारेनटाइनसम्म जान पाउने व्यवस्था गरिएको छ। मादी–६ को राम मन्दिर र ६ को चौकी बजारमा चालकको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। वडा नं. ६को सिंहदेवि आधारभुत विद्यालय र वडा नं. १ को तीनजुरे आधारभुत विद्यालयमा खाद्यान्नको क्वारेन्टाइन बनाइएको छ। खाद्यान्न बोक्ने गाडी क्वारेन्टाइनबाट फिर्ता हुने वडा नंं. ६ वडा वडाध्यक्ष धननारायण तामाङले बताए। क्वारेन्टाइनको खाद्यान्न व्यवस्थापन र सुरक्षामा दुई दुई जना कर्मचारी खटाइएको छ।

यसअघि नगरमा आएका १० जनालाई मादीले होम क्वारेनटाइनमा राखेको थियो। भारत, कतार र बंगलादेशबाट आएकालाई १४ दिन क्वारेनटाइनमा राख्दा कुनै स्वास्थ्य समस्या नदेखिएको नगरपालिकाले जनाएको छ। नगर सुरक्षाका लागि प्रमुख नाकामा एक सुरक्षाकर्मी, २ स्वास्थ्यकर्मी र १ जना सहयोगी राखिएको नगरप्रमुख विदुर लिङ्थेपले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.