गर्मीयाममा फेरि रोग फैलिँदै छ ? रोकथाममा तयारी रहन विज्ञको सुझाव

गर्मीयाममा फेरि रोग फैलिँदै छ ? रोकथाममा तयारी रहन विज्ञको सुझाव

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसँगै नेपालले गर्मी याममा वर्षेनी फैलिने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने विज्ञले सुझाव दिएका छन्।

नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको सन्दर्भमा खानेपानी तथा सरसफाइको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रालिले सरोकारवाला विज्ञसँग शनिरबार भिडियो कन्फरेन्स गरेको थियो। भिडियो कन्फरेन्समा सहभागी विज्ञले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरीसँगै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको र यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए। 

सहभागी नेपाल सरकारका पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले विश्वमा महमारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र उपचारका लागि युद्धस्तरमा लाग्नुपर्ने बताउँदै गर्मी याममा हरेक वर्ष देखिने विभिन्न सङ्क्रात्मक रोगको नियन्त्रण र उपचारमा पनि उत्तिकै तयारी गर्न सुझाव दिए। 

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले हाल बनाइका क्वारेन्टाइनमा बस्नेहरुका लागि आधारभूत पूर्वाधार र सुविधा नदेखिएको भन्दै सफा शौचालय, साबुन, पर्याप्त गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्ने बताए। साथै उनले बजारमा गुणस्तर नभएका स्यानिटाइजर पनि देखिएकाले यसबारेमा अनुगमन गर्नुपर्ने सुझाव दिए। 

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजरले हात धोएर निस्क्रिय पार्न सकिने भएकाले यसको नियन्त्रणमा खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए। 

उनले आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका रहेको बताए। 

स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष रामदीप साहले स्वास्थ्य र सरसफाइका लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताउदै खानेपानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्नेलगायत सुझाव दिनुभयो। वाटर एडका अनिल थमनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफूहरुले स्वचालित हात धुने केन्द्र सञ्चालनमा ल्याउन लागेको जानकारी दिए। पूर्वमन्त्री दीपक ज्ञवालीले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाका बीचमा सार्वजनिक बहस गर्ने मञ्चको अभाव खड्किएको बताए। 

अर्का पूर्वमन्त्री इञ्जिनीयर गणेश साहले सञ्चालन गरेको सो कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.