कोरोना संक्रमण देखिएको सनसिटी क्षेत्रमा नगरको कडा निगरानी

कोरोना संक्रमण देखिएको सनसिटी क्षेत्रमा नगरको कडा निगरानी

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले आसपासका क्षेत्रमा कडाइ सुरु गरेको छ। कोरोना जोखिम बढेपछि उक्त क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ।

वडाले एक सूचना जारी गर्दै खाद्यान्न, तरकारी र डेरी पसल बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र संचालन गर्न अनुरोध गरेको छ। मासु पसल, मदिरा पसल, घुम्ती ठेलागाडा, फुटपाथ अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने वडा कार्यालयले जनाएको छ।

यस्तै नगर प्रमुख कृष्णहरी थापाले लकडाउन उलंघन गर्ने जोकसैलाई पनि कारबाही गरिने बताएका छन्। उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि नगरबासीलाई अनुरोध गरेका छन्। पासबिना सवारी चलाएको पाएमा कारबाही हुने नगर प्रमुख थापाले बताएका छन्।

सनसिटीमा कोरोना परीक्षण सुरु

कोरोना भाइरस संक्रमण पुष्टि भएको सनसिटी अपार्टमेन्टमा र्‍यापिट डाइग्नोसिस टेस्ट(आरडीटी) सुरु गरिएको छ। बुधबार बिहान ९ बजेदेखि कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु भएको नगरपालिकाका प्रमुख थापाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरिरहेको नगर प्रमुख थापाले बताए। उनकाअनुसार बुधबार ब्लक 'ए' का २४२ जनाको परीक्षण गर्न लागिएको हो।तीनवटा टेबुलबाट परीक्षण सुरु भएको प्रमुख थापाले जानकारी दिए।

अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन् । उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण गर्न लागिएको हो। मंगलबार एक ८१ वर्षीया महिला र ५८ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो।

कोरोना परीक्षणमा तीव्रता 

सोमबार सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस संक्रमण देखिएपछि नगरपालिकारले उच्च सतर्कता अपनाएको छ। नगरभित्र रहेका विदेशबाट आएकाहरुको कोरोना परीक्षणलाई तीव्रता दिएको छ। मंगलबार मात्रै २ र ५ नम्बर वडामा कोरोना परीक्षण गरेको छ। वैशाख १ गते वडा न‌. ६ मा कोरोना परीक्षण भइसकेको छ।  विदेशबाट आएका तर होम क्वारेन्टाइनमा बसेका ५० जनाको र्‍यापिड टेस्टबाट परीक्षण गरेको कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर बिन्दु पुडासैनीले जानकारी दिइन्। उपमेयर पुडासैनीका अनुसार  परीक्षण गरिएका सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बाँकी रहेकाहरुलाई आह्वान गर्दै छिट्टै कोरोना संक्रमण परीक्षण गरिने उपमेयर पुडासैनीले बताइन्।

माइकिङमार्फत सचेतना

नगरपालिकाभित्र कोरोना जोखिम सम्भावनालाई मध्यनजर गर्दै भाइरस संक्रमणबारे माइकिङमार्फत सचेतना बढाएको छ। नगरबासीलाई सही ढंगले मास्क प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन,अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्क‍न, छरछिमेक र टोलमा भीडभाड नगर्न अनुरोध गरेको छ। नगरले लकडाउन सफल पार्न सबै नगरबासीलाई अनुरोध गरेको छ।

नगरपालिकाले मास्क वितरण गर्नुका साथै नगरभित्र रहेका मजदुरलाई खाद्यान्न वितरण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.