कागेश्‍वरीमा ८६ जनाको कोरोना परीक्षण, अपार्टमेन्टका दुईजनाबाहेक सबैको रिपोर्ट ‘नेगेटिभ’

कागेश्‍वरीमा ८६ जनाको कोरोना परीक्षण, अपार्टमेन्टका दुईजनाबाहेक सबैको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा ८६ को कोरोना परीक्षण गर्दा दुईजनामा कोरोना पुष्टि भएको हो। नगरपालिका-९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइस भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको हो।

बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुईजनामा कोरोना भाइस देखिएको र एकजनामा नदेखिएको पुष्टि गरेका हुन्।

उनले भने,‘आरडीटी प्रविधिबाट परीक्षण गराउँदा तीनैजनामा पोजिटिभ देखिएको तर पीसीआर प्रविधिबाट परीक्षण गराउँदा दुईजनामा मात्र कोरोना भाइरस देखिएको हो।’

कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा स्वास्थ्य मन्त्रालयको टोलीले आरडीटी विधिबाट परीक्षण गर्दा एकै परिवारका तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। 

संक्रमित दुईजना पाटन अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।संक्रमितमा ८१ वर्षीय महिला र ५८ वर्षीय पुरुष रहेका छन्।

अपार्टमेन्टमा कोरोना संक्रमित देखिएपछि त्यहाँ बस्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ। बुधबार २९८ जनाको कोरोना परीक्षण गरिएको छ।परीक्षण गराएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिए।

नगर प्रमुख थापाका अनुसार बाँकी रहेकाहरुको बिहीबार परीक्षण गरिने भएको छ।बुधबारबाटै सनसिटीमा विशेष सरफाइ सुरु गरेको छ। कोरोना संक्रमित देखिएपछि सनसिटी शिल गरिएको छ।कोरोना प्रभावित क्षेत्रमा कडाइ थालिएको छ।सनसिटी वरपर क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ।

यस्तै नगरपालिकाले लकडाउन कार्यान्यवनमा थप कडाइ गरेको छ। नगरपालिकाले नगरबासीलाई सामाजिक दूरी कायम राख्न, अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन र टोल टोलमा भीडभाड नगर्न अनुरोध गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.