हराएको १७ दिनपछि मृत फेला

हराएको १७ दिनपछि मृत फेला

रुकुम : रुकुम पश्चिममा एक युवा १७ दिनपछि मृत अवस्थामा फेला परेका छन् । १७ दिनअघि सम्पर्कविहीन भएका जिल्लाको मुसीकोट नगरपालिका–६ का २३ वर्षीय रमेश खड्काको शव बिहीबार फेला परेको प्रहरीले जानकारी दिएको छ । 

नगरपालिका–१ खौलीको भीरमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । युवालाई खोज्ने क्रममा बुधबार शव भेटिए पनि बिहीबार मात्रै निकालिएको उनले बताए । प्रहरी, आफन्त तथा स्थानीयले शव निकालेका थिए । 

शव गलिसकेको अवस्थामा भीरमा भेटिएको डिएसपी केसी बताए । उनको मृत्यु भएको कारण बारे भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गत चैत्र १७ गते घरबाट बुबा र काकासँगै जंगल गएका उनी बेलुका घर नफर्केपछि सोही दिनदेखि नै खोजी सुरु भएको थियो । बाटोभन्दा अन्दाजी ९ सय मिटर तल उनको शव रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.