महावीर चोकमा पैसा छरेर महिला फरार, कोरोना आशंका

महावीर चोकमा पैसा छरेर महिला फरार, कोरोना आशंका

जनकपुर : जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०/४५ वर्षका रहेको उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२:३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपले भइरहेको छ। बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ।

प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.