काठमाडौंका ४६४ को परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौंका ४६४ को परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं : काठमाडौं महानगरपालिकाले पछिल्लो समय गरेको ४६४ जनाकै र्‍यापिड परीक्षण नतिजा सङ्क्रमण रहित रहेको जनाएको छ। महानगरले गत बुधबारदेखि परीक्षण शुरु गरेको हो। विदेशबाट फर्किएर महानगरपालिकाभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको र्‍यापिड डाइनोस्टिक टेष्टमार्फत नतिजा पत्ता लगाइएको हो। 

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै महानगरका वडा नम्बर ५, ४, १८, १९, २०, २१, २२, २३, २४, २९, ९, १०, ३१ र ३२  मा परीक्षण गरिसकिएको छ। अब बाँकी रहेका वडामा पनि नियमित परीक्षण गर्ने महानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिए।  

उनका अनुसार परीक्षणकार्यसँगै विदेशबाट आएकाको पनि तथ्याङ्क लिने काम पनि भइरहेको छ। त्यसैगरी महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर गत फागुन १८ गतेपछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण सङ्कलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेको भन्दै र्‍यापिड डाइनोस्टिक टेष्टलाई तीव्ररुपमा अघि बढाइएको बताए। 

'अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुको सम्र्पकमा आएकालाई दिएका छौँ', उनले भने, "कोरोना सङ्क्रमणको आशङ्कामा रहेकाले पनि म कोरोनामुक्त छु भनेर ढुक्क हुने प्रमाणपत्र प्राप्त गरोस् भनेर यो टेष्ट गरिरहेका छौँ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.