लकडाउनमा सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ

लकडाउनमा सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ

कपिलवस्तु : लकडाउन उलंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

पक्राउ परेका सबैलाई मायादेवी गाउँपालिकाबाट सदरमुकाम तौलिहवास्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

 
यसअघि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा ईस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक बैठक बसी घरमै बसी नमाज पढ्न आग्रह गरेका थिए । 

तर पनि जबरजस्ती स्थानीय मस्जिदमा जम्मा भई नमाज पढ्न खोज्ने उनीहरुलाई बाध्य भई पक्राउ गर्नु परेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.