आपसी विवादमा छोराले गरे बुवाको हत्या
जनकपुरधाम : धनुषामा आइतबार राती छोराले बुवालाई रड प्रहार गरी हत्या गरेको छ । धनुषाको सहिदनगर नगरपालिका ९ बिर्ता मसहरी टोलमा बुवा छोराको समान्य विवादमा झगडा हुँदा रिसको झोकमा छोराको रड प्रहारबाट बुवाको मृत्यु भएको छ ।
५५ वर्षीय सुखिया सदासधै झैं काम गरेर फर्किएको विषयमा छोरासँग भनाभन हुँदा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । प्रहरीका अनुसार लकडाउनको बेला खेतमा काम गर्न वुवाले सुखियाले छोरा नथुनीलाई अह्राएपनि काम नगरी कनै सधै पैसा माग्ने गरेको विवादको क्रममा रड प्रहार गरेको थियो ।
प्रहरी निरीक्षक दिपकबाबु केसीले भने, 'बुवा सुखियासँग छोरा नथुनीले सधैं पैसा मागी रहने बानी रहेछ, बुवाले चाँही कामै नगरी तलाई किन चाहियो पैसा भन्दै विवादमा लठ्ठी प्रहार गरेर बाहिर निस्के लगत्तै नथुनी पनि झोंकमा आएर पछाडिबाट प्रहार गरेको रडले मृत्यु भयो ।'
उनीहरु बुवा छोराको पहिलो चरणमा समेत विवाद भएर गाउँ डुलेर फर्किपछि दोश्रो चरणमो विवादमा रडले हानेर हत्या भएको प्रहरीले खुलाएको छ। आइतबार राति १० बजेको हत्यापछि भागेका नथुनीलाई सोमबार बिहान ३ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !