सामाजिक दूरी कायम हुने गरी राष्ट्रियसभा बैठक कक्ष तयार गर्नुस् : अध्यक्ष तिमिल्सिना
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गरेका छन्।
सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको आज निरीक्षण गर्दै उहाँले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको तयारी गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिए।
अध्यक्ष तिमिल्सिनाले सभाकक्षमा सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिएका हु्न्। अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन निर्देशन दिँदै 'बैठकको तयारीका सन्दर्भमा प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु' उनले भने।
प्रतिक्रिया दिनुहोस !