अछाममा ४७३ जनाको कोरोना परिक्षण, किट अभावले समस्या

अछाममा ४७३ जनाको कोरोना परिक्षण, किट अभावले समस्या

अछाम : दश स्थानीय तहहरुले संकलन गरेको तथ्याङ्क अनुसार ३ हजार ९ सय ५७ जना फागुन यता  विभिन्‍न  स्थानबाट भित्रिएका छन्। प्राप्त तथ्यांक अनुसार चौरपाटी गाउँपालिकामा ३ सय १०, साँफेबगर नगरपालिकामा १सय ४३, मेल्लेख गाउँपालिकामा ५ सय ७७, बान्नीगढी जयगढ गाउँपालिकामा ५ सय २५, मंगलसेन नगरपालिकामा ९ सय ९०, कमलबजार नगरपालिकामा २ सय ४३, पञ्चदेवल बिनायक नगरपालिकामा ८५, तुर्माखाँद गाउँपालिकामा ३ सय ५६, ढकारी गाउँपालिकामा ५ सय ८७, र रामारोशन गाउँपालिकामा १ सय ९८ जना भित्रिएका छन्।

जिल्लामा उक्त सख्यामा मानिसहरु भित्रिए पनि ४ सय ३० जनाको मात्र कोरोना भाइरसको परिक्षण गरिएको छ। हालसम्म २ सय ४३ जनाको पिसिआर र २ सय ३० जनाको आरडिटीबाट कोरोना भाइरसको परिक्षण गरिएको छ। ४ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए। जिल्लामा आरडिटीका लागि किट अभावका कारण सोचे अनुरुप परिक्षण गर्न नसकिएको उनले बताए। उनले भने 'हामीसँग चैत १ गते यता जिल्लामा २९ सय ४९ जना भित्रिएको तथ्याङ्क छ,हामीसंग प्रयाप्त मात्रमा किट छैन्। द्रुतगतिमा परिक्षण गर्न सकिरहेका छैनौं,अहिले स्वास्थकर्मीको पनि अभाव छैन्।'

२२ जना क्‍वारेन्टाइनमा, ५ जना आइसोलेसनमा

जिल्लाका विभिन्न स्थानिय तहमा गरी हाल २२ जना क्वारेन्टाइनमा रहेका छन्। पञ्चदेवल बिनायक नगरपालिकाका ६ जना, रामारोशन गाउँपालिकाका ५ जना, मेल्लेख गाउँपालिमा ३ जना र बान्नीगढी जयगढ गाउँपालिकाका ८ जना  क्‍वारेन्टाइनमै राखिएको छ। रामारोशनले पिंगला माविमा ३ जना र निलकण्ठ माविमा २ जनालाई राखेको छ भने बान्नीगढी जयगढ गाउँपालिकाकाले सरस्वती माविमा ४ जना महिला तथा २ पुरुष र नन्दा माविमा २ जना पुरुष, मेल्लेख गाउँपालिकाको बगुडा सामुदायिक आभारभुत विद्यालयमा ३ जनालाई राखिएको छ।

जिल्ला बाहिरबाट आएकाहरुलाई कोरोनाको जोखिमलाई मध्यनजर गर्दे १४ दिनसम्मका लागि क्‍वारेन्टाइनमा राखिने भएको छ। यसअघि मंगलसेन नगरपालिकामा चैत ११ गते जिल्ला फर्केका भारत तथा अन्य जिल्लाबाट आएका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। २१ दिन क्‍वारेन्टाइनमा बसेका उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि चैत ३० गते उनीहरुलाई घर पठाइएको छ। यस्तै तुर्माखाँद गाउँपालिकामा क्‍वारेन्टाइनमा बसेका ३ जना र ढकारी गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका १ जना महिला र ९ जना पुरुष गरी १० जनालाई पनि कोरोना परिक्षणपछि घर पठाएको छ। अहिले ५ जनालाई आइसोलेसन वार्डमा राखिएको छ। ३ जना बयालपाटा र २ जनालाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। यसअघि २१ जनालाई आइसोलेसन वार्डमा राखिएको थियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.