गायक सपुतको कोरोना कोषमा दुई लाख सहयोग

गायक सपुतको कोरोना कोषमा दुई लाख सहयोग

बागलुङ : लोकप्रीय गायक प्रकाश सपुतले कोरोना संकटका लागि घोषणा गरेको कोषमा दुई लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । गायक सपुतले लकडाउन घोषणाको सम्मुखमा कोरोनाका कारण बढी प्रभावित हुने श्रमिक मजदुरले झेल्नुपर्ने सम्भावित कठिनाईलाई ध्यानमा राखेर प्रधानमन्त्रीका नाममा पत्र लेख्दै नेपाल पत्रकार महासंघ बागलुङलाई तत्काल सहजिकरणका लागि चेक हस्तान्तरण गरेका थिए । 

त्यसको केही दिनमै नेपाल सरकारले राहत सहयोगमा एकद्वार प्रणाली लागू गरेपछि छुट्टै राहत सहयोग गर्न नमिल्ने भएपछि नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण, राहत तथा उपचार कोषमा १ लाख, गण्डकी प्रदेश सरकारको कोषमा ५० हजार, काठेखोला गाउँपालिकाको कोरोना कोषमा ३० हजार जम्मा गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापाले बताए । 

यस बाहेकको बाँकी ३५ हजार रुपैयाँ पत्रकार महासंघमै कोरोना संकटमा भैपरी आउने जटिलतामा सहयोग गर्ने गरी कोषको रुपमा राखिएको छ । गायक सपुत गण्डकी प्रदेश सरकारको पर्यटन दूत समेत हुन् भने काठेखोला गाउँपालिका उनको जन्म गाउँ हो । 

कोरोनाका कारण समाज र देशले भोग्ने सम्भावित संकटमा एक कलाकारका रुपमा गर्न सक्ने सानो योगदान आफूले गरेको गायक सपुतले बताए । 'जटिल दैनिकी भोग्ने श्रमिक, मजदुरको सम्भावित कठिनाइले मलाई बढी छोइरहेको छ,' सपुतले भने, 'फ्रन्ट लाइनमै बसेर केही गर्न सक्ने अवस्थामा हामी छैनौं, त्यसैले एक कलाकारका हिसाबले गर्न सकिने दायित्व मात्र निर्वाह गर्ने प्रयास गरेको हुँ, यो सहयोग सरकारमार्फत तीनै अभावग्रस्त दैनिकीमा रहनेलाई सहयोग पुगोस् भन्ने चाहना छ ।'

गायक सपुतले नेपाल सरकार र गण्डकी प्रदेश सरकारको कोरोना कोषमा रकम जम्मा गरेको भौचर ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.