काठमाडौं: साताको चौथो सेयर कारोबार दिन बिहीबार सेयर बजार सकारात्मक देखिएको छ। यसदिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको थियो।
आज नेप्सेमा वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड बराबरको कारोबार भएकोमा यसदिन ४ अर्ब ११ करोड बराबरको सेयर कारोबार भएको छ।
यसदिन ३५९ वटा स्क्रिप्सको ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक उकालो लाग्दा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर लोहोरे खोला हाइड्रोपावर,कालिंगा हाइड्रोपावर र स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
सानीगाढ हाइड्रोको सेयर १४.९७ प्रतिशतले बढ्दा धौवलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १३.६७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले ४१ करोड मूल्य बराबरको कारोबार भयो। कारोबारमा आएकामध्ये १०८ वटा स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।बैंकिङ समूहको उपसूचक सर्वाधिक २.०४ प्रतिशतले बढ्यो।
पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।
प्रतिक्रिया दिनुहोस !