नेपाल प्रहरीका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।  गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंलबारको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

बढुवा सिफारिस हुने एसपीमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुँवेर कठायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण थापा र नवराज भट्ट रहेका छन्।

यस्तै लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह, चन्द्रबहादुर कुवेरलाई पनि बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए। नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव रहेको सिफारिस समिति छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.