विधायन समितिले सरकारलाई दियो यस्तो निर्देशन

विधायन समितिले सरकारलाई दियो यस्तो निर्देशन

काठमाडौं : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनको समयमा कृषिउपजको बजार व्यवस्थापनका लागि सरकारलाई दुई बुँदे सुझाव दिएको छ। 

समितिको आज बसेको बैठकले संक्रमित क्षेत्र, संक्रमण जोखिमपूर्ण क्षेत्र, संक्रमण नरहेको क्षेत्र, जिल्ला, शहरी क्षेत्र, ग्रामीण क्षेत्र साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेत स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोटको नीति अवलम्बन गर्न निर्देशन दिएको छ। 

समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पठाएको निर्देशनमा भनिएको छ, 'कृषि बाली लगाउने, बाली उठाउने समयमा त्यसको विशेष व्यवस्थापन गर्नु जरुरी छ।'

यस्तै, कृषि उत्पादन कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणालीलाई सहज, सरल र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सहकारी क्षेत्रबाट प्रभावकारीरुपमा सञ्चालन गर्न आग्रह गरिएको समितिका सचिव मनोजकुमार गिरीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.