होटेलको गेटमा पुरुषको शव
वीरगन्ज : वीरगन्जको लिंकरोडमा रहेको एभरेष्ट होटलकै गेटमा शुक्रबार एक अपरिचित पुरुषको शव फेला परेको छ। लिंकरोडबाट प्रभु हस्पिटल जाने चोकमा रहेको एभरेष्ट होटलको गेटमा अपरिचित पुरुषको शव फेला परेको हो।
पहाडी मुलको जस्तो देखिने मृतक अन्दाजी ४०/४२ वर्षको उमेरका छन्। शव प्रहरीले उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए।
उनले भने 'लकडाउनमा बन्द रहेको होटेलको गेटमै घोप्टे परेको अवस्थामा शव फेला परेको हो। यस बारेमा अनुसन्धान भइरहेको छ।'
प्रतिक्रिया दिनुहोस !