संक्रमित युवकलाई विराटनगर लगियो, गाउँपालिका सिल

संक्रमित युवकलाई विराटनगर लगियो, गाउँपालिका सिल

भोजपुर  ः कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हतुवागढी गाउँपालिका–६, होम्ताङका २६ वर्षीय युवकलाई विराटनगरस्थित कोरोना विशेष अस्पताल लगिएको छ। उनलाई शनिबार बिहान नेपाल रेडक्रस सोसाईटी भोजपुरको एम्बुलेन्सबाट विराटनगर लगिएको हो।गाउँपालिकाको एम्बुलेन्स नभएपछि जिल्ला प्रशासनको समन्वयमा स्वास्थ्यकर्मी टोलीसहित नेपाल रेडक्रस सोसाइटी भोजपुरको एम्बुलेन्स पठाइएको थियो। एम्बुलेन्समा संक्रमितलाई व्यक्तिगत सुरक्षासहित विराटनगर पठाइएको प्रजिअ वसन्तराज पुरीले बताए।

संक्रमित युवकसँगै सम्पर्कमा रहेका परिवार र अन्य व्यक्ति लगायत ७५ जनाको पहिचान गरी स्वास्थ्य परीक्षणका लागि चिकित्सकको निगरानीमा राखिएको छ। यस्तैसंक्रमितसँगको सम्पर्कमा रहेका ७ जनाको आरडिटी परीक्षण नेगेटिभ देखिएको थियो। अन्य १४ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएका प्रजिअले जानकारी दिए। 

गत फागुन ३० मा साउदी अबरबाट काठमाडौं हुँदै चैत ११ गते घर आएका उनको गत वैशाख ९ गते ¥यापिड टेष्ट पोजिटिभ देखिएको थियो। त्यसलगत्तै धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकोस्वाब परीक्षणमा बिहीबार कोभिड–१९ संक्रमण देखिएपछि उनलाई घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको थियो।

संक्रमणपछि गाउँपालिका सिल

युवकमा विहीबार कोरोना संक्रमण पुष्टि भएपछि हतुवागढी गाउँपालिकामा प्रवेश निषेध गरिएको छ। अन्यमा पनि संक्रमणको उच्च जोखिम बढेपछि वडाको सम्पूर्ण सिमानाका ठप्प पारिएको छ। संक्रमित युवकको परिवार र गाउँलाई कडा निगरानीका साथ क्वारेन्टाइनमा राखिएको छ। उक्त वडामा बसोबास गर्ने करिब ६४० घरपरिवारलाई प्रत्यक्ष निगरानीमा राखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। गाउँपालिकाले पनि सबै वडामा सचेतना अपनाउन वडा समितिलाई निर्देशन दिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.