सात जना कोरोना संक्रमित दिल्लीबाट फर्किएको खुलासा

सात जना कोरोना संक्रमित दिल्लीबाट फर्किएको खुलासा

वीरगन्ज : पर्सा र बारामा बुधबार भेटिएका तीन जना कोरोना संक्रामित पनि भारतस्थित दिल्लीको मुस्लिम धार्मिकसभा (तबलिगी जमात)मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ। यसअघि गत आइतबार कोरोनाको पुष्टि भएका वीरगन्जका दुइ मध्ये एक जना संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी भइ घर फर्किएको पुष्टि भएको थियो। त्यसअघि चैत ३० मा वीरगन्जको मस्जिदमा भेटिएका तीन जना भारतीय संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी नेपाल आएर बसेका थिए।

पर्सा र बारामा अहिलेसम्म कोरोनाको संक्रमण पुष्टि भएका पाँच नेपाली र तीन भारतीय गरि आठ मध्ये सात जना दिल्लीको तबलिगी जमातमा सहभागी भइ नेपाल आएको खुलेको वीरगन्जस्थित नेपाली सेनाका चण्डी प्रसाद गणका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए।

बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ का ४३ वर्षीय, बाराकै सिम्रौनगढ नगरपालिका-४ का ३१ वर्षीय र पर्साको वीरगन्ज महानगरपालिका-२ छपकैयाका ४६ वर्षीय  तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।

बुधबार कोरोनाको संक्रमण पुष्टि भएका बारा र पर्साका तीनै जना संक्रमित मार्च १ देखि १५ सम्म दिल्लीमा भएको तबलिगी जमातमा सहभागी भइ नेपाल फर्किएको खुलेको प्रमुख सेनानी राणाले जानकारी दिए। राणाका अनुसार , संक्रमितहरुको ट्राभल हिष्ट्री अध्ययन गर्दा उनीहरु मार्च ६ मा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ अर्थात गत फागुन २८ गते नेपाल फर्किएका हुन्।

यसअघि गत आइतबार वीरगन्जमा भेटिएका २ संक्रमितमध्य वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय संक्रमितसँगै बुधबार कोरोना पुष्टि भएका तीन जना संक्रमित पनि दिल्लीको तबलिगी जमातमा गएर नेपाल फर्किएको राणाले जानकारी दिए।

गत आइतबार वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज-३ छपकैयाका ४९ वर्षीय गरि दुइ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि सेनाले ती दुवै संक्रमितको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरेको थियो। त्यसक्रममा ९१ जनाको स्वाब संकलन गरि पिसिरिआर परिक्षणका लागि सोमबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। बुधबार काठमाडौंको प्रयोगशालबााट प्राप्त ९१ जनाको रिपोर्टमध्य बारा र पर्साका तीन जनामा कोरोना  पोजिटिभ देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

नारायणी अस्पतालमा आठ संक्रमित उपचाररत
बुधबार कोरोना संक्रमण पुष्टि भएका तीन संक्रमितलाई पनि उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ। बाराको २ जनालाई सिमरास्थित अस्थायी कोरोना उपचार केन्द्रबाट र वीरगन्ज-२ छपकैयाका संक्रमितलाई भने सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइतबार अपरान्ह प्रहरीले एम्बुलेन्समार्फत नारायणी अस्पतालमा ल्याएको हो।

आइतबार वीरगन्जमा भेटिएका दुई संक्रमितको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनीहरुको सम्पर्कमा रहेको खुलेपछि आइतबार नै प्रहरीले सिम्रौनगढका संक्रमितलाई इनर्वा सिराको मस्जिदबाट र जितपुर सिमरा ७ का संक्रमितलाई उनको घरबाटै नियन्त्रणमा लिएर सिमराको अस्थायी कोरोना उपचार केन्द्रको आइसोलेसनमा राखेको थियो। वीरगन्ज-२ छपकैयाका संक्रमितलाई पनि आइतबारदेखि नै वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो।

सिम्रौनगढका संक्रमित घर सिम्रौनगढमा भएपनि उनी लामो समयदेखि जितपुर सिमरा-१९ स्थित इनर्वासीराको मस्जिदमा मुस्लिम धर्म गुरुको रुपमा बस्दै आएका थिए। बुधबार नारायणी अस्पतालमा ल्याइएका तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। हाल नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या आठ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.