पाल्पा अपडेट : जिल्लामा आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन

पाल्पा अपडेट : जिल्लामा आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन

तानसेन : पाल्पामा बाहिरी जिल्लाबाट आफ्नो घर आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेको छ । बाहिरी जिल्लाबाट पाल्पा घर फर्किएका १६४ जनालाई स्थानीय सरकारले आ-आफ्नो पालिकाको क्वारेन्टाइनमा राखेका छन् । 

बाहिरी जिल्लाबाट घर फर्किदा आफ्नो परिवार तथा समाजमा कोरोना सक्रमणको जोखिम नहोस् भनी पाल्पाका पालिकाले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका हुन् ।

पाल्पामा पहिलो चरणमा भारत तथा विदेशबाट आउने ६० जनालाई १४ दिन क्वारेन्टाइन पछि आरडीटी चेकजाँचपछि मात्र गृह प्रवेशका लागि अनुमति दिइएको थियो । 

बाहिरी जिल्लाबाट पाल्पा घर फर्किएका व्यक्ति तथा पाहुना हुन आएका व्यक्तिलाई  क्वारेन्टाइनमा बसेको १४ दिनपछि  र्‍यापिड टेष्ट गरेर मात्र रिपोर्टको आधारमा उनीहरुलाई गृह प्रवेश दिने निर्यण गरेको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

घर फर्किने क्रममा विभिन्न व्यक्तिको हुलमुलमा कोरोना संक्रमण हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले पालीकाको नाका नाकामा चेकजाँच बढाउन जिल्लाका १० वटै स्थानीय सरकारलाई आग्रह गरेको छ ।  

पाल्पामा सबैभन्दा निस्दी गाउँपालिकामा ५४ जना, रामपुर नगरपालिकामामा ३५ जना, पुर्वखोला गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २५ जना, तिनाउँ गाउँपालिकामा ३ जना, माथागढी गाउँपालिकामा ६ जना र तानसेनमा १ जना १सय ६४ जना क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइनमा बसेका सबै व्यक्तिलाई आ-आफ्नो स्थानीय सरकारले दैनिक खाना तथा स्वास्थ्य परीक्षण गर्दै आएका छन्। 'हामीले पहिले भारत  तथा अन्य विदेशी मुलुकबाट आएका व्यक्तिलाई मात्र क्वारेन्टाइनमा राखेका थियौं, तर काठमाडौंलगायत अन्य सहरबाट समेत पालिकाभित्र अत्याधिक मानिस भित्रिन थालेपछि जिल्ला बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताए । 

संकटको बेला घर आउनेलाई रोक्न सकिने रहेनछ, गाउँठाउँमा कोरोनाको सक्रमण नफैलियोस् भनी पालिकाले वडा वडामा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए । 

क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको आरडीटी टेष्ट गरेपछि रिपोर्टको आधारमा मात्र घर फर्किन दिन निर्यण गरिने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए । पाल्पामा अहिलेसम्म ६९ जनाको आरडीटी र १४ जनाको स्वाब परीक्षण गरिएको र सबैको रिपोट नेगेटिभ आएको कार्यालय प्रमुख न्यौपानेले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.