निको भएर घर पठाइएका संक्रमितलाई फेरि अस्पताल ल्याइयो

निको भएर घर पठाइएका संक्रमितलाई फेरि अस्पताल ल्याइयो

वीरगन्ज : कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका-८ का १९ वर्षीय बच्चा अन्सारीलाई वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । 

नारायणी अस्पतालको आइसोलेनसमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले वैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो ।   तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको छ ।  आइतबार बिहान अन्नपूर्णसँग कुरा गर्दै अन्सारीले आफुलाई शनिबार राति नारायणी अस्पतालले पठाएको एम्बुलेन्समा राखेर घरबाट ल्याएको जानकारी दिए । 

अन्सारीका अनुसार घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए । 

 शनिबार बेलुकी अचानक घरबाट एम्बुलेन्समा राखेर आफूलाइ नारायणी अस्पताल ल्याएको अन्सारीले बताए।

उनले भने–‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन, अस्पतालमा आएपछि मैले उमा मेडम (अस्पतालकी चिकित्सक ) लाइ सोध्दा शंका छ त्यहि भएर ल्याएको भन्नुभयो।’ 
 शनिबार राति अस्पतालमा ल्याइसकेपछि पनि स्वास्थ्यकर्मीले आफनो खकारको नमूना परीक्षणका लागि लिएर गएको अन्सारीले जानकारी दिए।

 ‘जे–जे उपचार गर्नुछ सबै एकैपटक गरेर घर पठाइदिए हुन्थ्यो’ अन्सारीले भने, ‘निको भएर डाक्टरले नै घर पठाएका हुन् अहिले फेरि शंका छ भनेर ल्याएर अस्पतालमा राखेका छन् , तनाब भइरहेको छ ।’ 
अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी काठमाडौं पठाएका थिए । बुधबार पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो ।  

 बैशाख १४ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको श्रोतले जानकारी दिएको छ । स्रातका अनुसार अस्पतालले शनिबार अन्सारीसँगै बैशाख १४ मा डिस्चार्ज गरिएका चार जनाको स्वाबको नमुना संकलन गरी फेरि पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ । 

बैशाख १४ मा अन्सारीँंगै भारतका तीन जमातीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । नाका बन्द रहेका कारण डिस्चार्ज गरिएका तीन भारतीय जमातीलाई वीरगन्ज–२ छपकैयाको यतिमखाना नजिकैका घरमा राखिएको छ ।  नारायणी अस्पतालका चिकित्सकले भने फलो अप चेकजाचका लागि अन्सारीलाई ल्याइएको बताए । नाम गोप्य राख्ने शर्तमा भने, ‘संक्रमितलाई निको भएर घर पठाए पनि केहि हप्तासम्म ७\७ दिनमा फलोअप चेकजाच गर्नुपर्छ , त्यहि भएर अन्सारीलाई ल्याइएको हो । उनको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.