चिनियाँ कम्पनीले सगरमाथामा उभ्यायो फाइभ-जी एन्टेना

चिनियाँ कम्पनीले सगरमाथामा उभ्यायो फाइभ-जी एन्टेना

काठमाडौँ : चीनले सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरेको छ ।

हिमाली जनावर याकलाई ८ टनको भौतिक सामग्रीको भारी ढुवानी गराउँदै सगरमाथाको ६ हजार ५ सय मिटर उचाइमा फाइभ जी जडान गरेको हो । यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा चिनिएको आयोजक चाइना मोबाइल हङकङ र हुआवेले बताएका छन् ।

चाइना मोबाइल हङकङले हालै फेसबुकमा सगरमाथाको ६ हजार ५ सय मिटर उचाइ सहित अरु धेरै स्थानमा फाइभ जी स्टेशन खडा गर्न सफल भएको जानकारी दिएको छ । सगरमाथामा फाइभ जी जडानसँगै पर्वतारोहीहरुसँग सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ ।

तर फाइभ जीको उक्त स्टेशन सगरमाथाको चिनियाँ पाटोतर्फ जडान गरिएको हो । जहाँबाट सगरमाथा आरोहण गर्न पनि सहज ठानिन्छ । फाइभ जी जडानका लागि सामग्रीहरु याकको पिठ्यूँमा बोकाएर ढुवानी गराइएको थियो । जब कि, याकलाई हिमाली क्षेत्रको भरपर्दो ढुवानीको रुपमा पनि प्रयोग गर्ने चलन छ ।

सिएमएचकेले यही महिनाको सुरुमा फाइभ जी नेटवर्क सगरमाथामा विस्तार गर्ने घोषणा गरिसकेको थियो । सगरमाथाको ५,३०० मिटर उचाइको आधार शिविरमा जम्मा तीन वटा स्टेशन खडा गरिएको बताइएको छ । र ५,८०० मिटर उचाइमा एउटा ।

यस्तै ६,५०० मिटर उचाइमा दुई स्टेशन खडा गरिएको हो । उपकरण बोक्ने तथा जडान गर्न १ सय ५० जना कामदार खटिएका थिए । सञ्चारको क्षेत्रमा चीनले विकास गरेको फाइभ जी प्रविधि हालसम्म सबैभन्दा द्रुत र अत्याधुनिक मानिएको छ ।

चीनको दक्षिणी सीमाले नेपालको उत्तरी सीमालाई १ हजार ४ सय १४ किलोमिटरको दूरीले जोडेको छ । यसले गर्दा पनि अनलाइन षड्यन्त्र सिद्धान्तका जानकारहरुले सगरमाथामा फाइभ जी स्टेशन राख्नाले हानिकारक हुनसक्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.