विषालु च्याउ खाँदा एक जनाको मृत्यु, एक गम्भीर

विषालु च्याउ खाँदा एक जनाको मृत्यु, एक गम्भीर

संखुवासभा : सभापोखरी गाउँपालिकामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। सभापोखरी–२ का २४ वर्षीय मनिला राईको उपचारका क्रममा मृत्यु भएको हो। 

मनिलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरानस्थित विपि कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार लगिएको थियो। मनिलासँगै च्याउ खाँदा बिरामी परेकी २४ वर्षीय अनिता राईको स्वास्थ्यमा पनि थप समस्या भएपछि जिल्ला अस्पतालले शुक्रबार रिफर गरेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. श्यामसुन्दर झाले जानकारी दिए। 

श्रीमान दिनेश पनि च्याउ खाएर बिरामी परेपछि उपचारमा लैजान समस्या भएको छ। समयै उपचारमा लैजान नसक्दा उनको स्वास्थ्यमा थप समस्या आउने अस्पतालले जनाएको छ।

विषालु च्याउ खाँदा तीन घरका १० जना बिरामी भएका हुन्। बिरामी परेका ८ जनाको उपचारपछि घर फर्किएकीएको जिल्ला अस्पतालले जनाएको छ।
त्यसैगरी सभापोखरी–६ बाह्रविसेमा जंगली च्याउ खाँदा मंगलबार ४५ वर्षीय सुर्यबाहादुर लिम्बु र ६ वर्षीय छोरा आमस लिम्बु बिरामी परेका थिए। बाबु छोरीको पनि उपचार पछि डिस्चार्ज भइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.