क्‍वारेन्टाइनबाट निकालेर जर्बजस्ती घरमा

क्‍वारेन्टाइनबाट निकालेर जर्बजस्ती घरमा

लुम्बिनी : समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्‍वारेन्टाइनबाट निकालेर घर लगेका छन्।  समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन्।  नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो।

उनको स्वास्थ्य जाँच नगरिकनै वडाध्यक्षले जर्बस्ती घर लगेको उक्त क्‍वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए। उनले भने, ‘वडाध्यक्षज्यूहरुले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो। ’ क्‍वारेन्टाइनमा अहिले २८ जना  छन्। ती सबै भारतबाट आएका हुन्। क्‍वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली  छ।

क्‍वारेन्टाइनबाट जर्बजस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँ बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए। उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ। क्‍वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन। ’

क्‍वारेन्टाइनमा आएकाहरु सबैको रिर्पोट नेगिटभ आएको छ।  क्‍वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। उाले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन।’ मर्चवार क्षेत्र भारतसँंग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो। उक्त क्षेत्रबाट मानिसहरु राति  नेपाल प्रवेश गरिरहेको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.