हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल पश्चिमी भूभागहरुमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक भइ पश्चिमी भूभागका केही स्थानका साथै मध्य र पूर्व एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको छ । 

सोमबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३५ दशमलव शून्य  डिग्री सेल्सियस रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.