पत्रकार पक्राउको विरोधमा पर्साका पत्रकारहरु आन्दोलित

पत्रकार पक्राउको विरोधमा पर्साका पत्रकारहरु आन्दोलित

वीरगन्ज : प्रहरीको दुव्र्यवहार र दमनका विरुद्ध पर्साका पत्रकारहरु आन्दोलित बनेका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारमाथि प्रहरीले गरेको दुव्र्यवहार र दमनको विरोधमा प्रहरीको समाचार बहिष्कार गर्दै सोमबार बिहान ८ बजे घण्टाघर चोकमा धर्ना बस्ने घोषणा गरेको हो ।

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएम र नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादवलाई प्रहरीले पक्राउ गरेर हातपात गरेको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो ।वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै मुल गेटबाट आइतबार दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याएको थियो । प्रहरी कार्यालयमा लगेको ३ घण्टासम्म उनलाई प्रहरीले भ्यानमै राखेको थियो ।

पत्रकार यादव पक्राउ परेको खबर पाएर जिल्ला प्रहरी कार्यालयमा पुगेका पत्रकारहरुलाई यादवसँग भेट्न पनि प्रहरीले दिएको थिएन । एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर हातपात पनि गरेको पीडित पत्रकार यादवले बताए ।
यादवले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, गाली नगर्नुस् हामी हटाइहाल्छु भन्ने बित्तिकै एकजना असइले लछारपछार गर्दै गाडीमा हाले, भ्यानमा रहेका प्रहरी जवानले कुटपिट समेत गरे ।’ प्रहरी भ्यानमा हालेपछि प्रहरीले आफनो मोबाइल पनि खोसेको उनले बताए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराले अनाहकमा पत्रकार यादवलाई प्रहरीले कुटपिट गरी पक्राउ गरेर ४ घण्टासम्म प्रहरी कार्यालयमा राखेको बताए । प्रहरीको दमन र ज्यादती विरुद्ध पर्सा प्रहरी कार्यालयले इमेल गरी पठाउने समाचार बहिष्कार गरिएको र सोमबार बिहान ८ बजे घण्टाघर चोकमा सबै पत्रकार धर्नामा बस्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.