तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना

तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना

टेक्सस : विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने नेपाल सरकारले बताइरहँदा बेलायतको प्रवासी क्षेत्रको रूपमा रहेका तीन आइल्याण्डमा रहेका नेपालीले समेत आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन्।
 
के म्यान आइल्याण्ड, टर्क एण्ड केइकस आइल्याण्ड र बर्मुडा आइल्याण्डमा कामदारका रूपमा गएका नेपालीले आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका हुन्। के म्यान र टर्क आइल्याण्ड क्यारेबियन सागरको बीचमा पर्छ भने बर्मुडा नर्थ एटलान्टिक सागरको बीचमा पर्दछ। 

तीनवटै आइल्याण्ड बेलायतको ‘टेरिटोरी’ आइल्याण्ड भए पनि दूरीका हिसाबले अमेरिकाको नजिक पर्दछन्। विश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रभित्र पर्न आउने तीन आइल्याण्डमा होटल, रेष्टुरेण्टलगायत पर्यटनसँग सम्बन्धित क्षेत्र र कम्पनी, सुरक्षा कम्पनी, ब्यूटिपार्लरमा काम गर्ने नेपाली त्यहाँ रहेका छन्। के म्यानमा लकडाउनका कारण काम ठप्प भएको र ठूला तथा अन्तर्राष्ट्रिय ब्राण्डका होटलमा कार्यरत नेपालीलाई न्यूनतम तलब दिइएको भए पनि अन्य होटल तथा रेष्टुरेण्ट र ब्यूटिपार्लरलगायतका क्षेत्रमा रहेका नेपाली बेतलबी अवस्थामा रहेको के म्यान आइल्याण्डबाट रविन श्रेष्ठले जानकारी दिए। पूर्ववतरूपमा काम सञ्चालन हुने तत्काल सम्भावनासमेत नदेखिएकाले कम्पनीहरुले समेत देश फर्कन सके फर्कन सूचित गरेको काठमाडौँका श्रेष्ठले बताए।
 
उता बर्मुडाबाट नरेन्द्र मर्हजनले दिएको जानकारीअनुसार त्यहाँ रहने अधिकांश नेपाली होटलमा कार्यरत छन्। लकडाउनपश्चात होटलले १२ हप्तासम्मका निम्ति न्यूनतम तलब दिने जनाएअनुसार पाँच हप्ताको तलब नेपालीले लिइसकेका छन्। अबको सात हप्तापछि के हुने हो भनेर आफूहरु चिन्तित बनेको कीर्तिपुरका महर्जनले बताए।

यस्तै टर्क एण्ड केइकसमा रहनुभएका लीला उप्रेतीले त्यहाँ पनि अधिकांश नेपाली होटल क्षेत्रमा कार्यरत रहेको भन्दै केही समयका लागि लकडाउनको अवधिमा आधा तलब होटलले दिइरहेको बताउनुभयो। अब यो अवस्था कहिलेसम्म जाने हो यकिन नभएकाले भविष्यमा आउन सक्ने सङ्कटले टर्क एण्ड केइकस आइल्याण्डमा रहेका कतिपय नेपाली नेपाल फर्कन खोजेको धादिङका उप्रेतीले जानकारी दिए।
 
ती आइल्याण्डहरुमा नेपालीको यकिन सङ्ख्या थाहा नभए पनि के म्यानमा ३०० देखि ३५०, बर्मुडामा ६० देखि ७० र टर्क एण्ड केइकस आइल्याण्डमा ५० देखि ६० नेपाली कामदारका रूपमा रहेको बताइन्छ। यी आइल्याण्डहरु पयर्टकीय गन्तव्यभित्र पर्ने हुँदा त्यहाँ बसोबास गर्न निकै महङ्गो पर्दछ। यता बेलायतस्थित नेपाली दूतावासका मिसन उपप्रमुख एवं प्रवक्ता शरदराज आरणले आइल्याण्डमा रहेका नेपालीसँग दूतावासको सम्पर्क भइरहेको जानकारी दिए। उनले नेपाल जाने अवस्था निर्माण भए उनीहरुलाई आवश्यक पर्ने सहयोग दूतावासबाट गरिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.