५३ संक्रमितमध्ये ३० जना लुकेर आएका

५३ संक्रमितमध्ये ३० जना लुकेर आएका

बुटवल : कोरोनाको नयाँ केन्द्र बनेको प्रदेश ५ मा संक्रमितको संख्या ५३ पुगेको छ । यसमध्ये अधिकांश संक्रमित भारतबाट हालै नेपाल प्रवेश गरेका हुन् । सीमामा अलपत्र रहँदासमेत सरकारले उद्धार नगरेपछि उनीहरु लुकेरै नेपाल प्रवेश गरेका थिए । नेपाल आएपछि क्वारेन्टाइनमै बसेका ३० जनामा कोरोना देखिएको हो ।

प्रदेशका चार जिल्लामा संक्रमितको संख्या ५३ पुगेको ह‍‍ो। रुपन्देहीका ७, कपिलवस्तुका २१, बाँके र बर्दियाका एक–एक जना लुकेर नेपाल छिरेका हुन् । सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।  

पछिल्लो एक साताको अवधिमा कपिलवस्तुमा मात्रै करिब ९ सय नेपाल प्रवेश गरेको अनुमान छ । तीमध्ये ३ सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा बसेका छन् । अन्य कहाँ छन भन्ने अत्तोपत्तो छैन । नभेटिएकाहरुले कोरोना फैलाउने चिन्ता थपिएको छ। कपिलवस्तुका नाका हुँदै रुपन्देही, नवलपरासी र दाङ घर भएकाहरु भित्रिएका छन् । रुपन्देहीका केहीलाई मात्रै क्वारेन्टाइनमा राखिएको छ । 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ मा त्रास छाएको छ । संक्रमित बिरामीमध्ये कपिलवस्तु र रुपन्देहीका बुटवलको कोरोना विशेष अस्पतालमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले जानकारी दिए ।

सयौ सीमामा अलपत्र

भारतमा रेल र वस सेवा शुरु भएपछि सयौँ नेपालीहरु सीमामा आएका छन् । तर नेपाल प्रवेश गर्न पाएका छैनन् । लुकेर छिर्न सक्ने मात्रै भित्रिएका छन्। कतिपय नाकामा सुरक्षाकर्मीले एक हजारदेखि पन्ध्रसय रुपैया लिएर पस्न दिने गरेको बताइएको छ । 

सोमबार साँझसम्म कपिलवस्तुको सीमा क्षेत्रमा मात्रै २२०० नेपाली आएका छन् । शनिबारसम्म सिमानामा १३५५ जना थिए । सोमबार दिउँसो संख्या बढेर २२०० भन्दामाथि पुगेको छ ।
कपिलवस्तुको कृष्णनगरमा ४३०, भील्मी–कुशहवा ४८९, हरदौना ३०८, मर्यादपुर ४९३, चाकरचौडा २१९, हथिहवा १०६, विजयनगर ९२ जना नेपालीहरु दशगजामै बसिरहेका छन्।

सुनौलीबाट उद्धारको तयारी

रुपन्देहीको सीमावर्ती शहर सुनौलीमा रहेका नेपालीलाई उद्धार गरी क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले अलपत्रको उद्धार गर्न थालिएको बताए । ‘उद्धार गरेर तोकिएको अबधि क्वारेन्टाइनमा राख्छौं, उनले भने।

भारतीय शहर नौतुनवामा ११ सयभन्दा धेरै नागरिक नेपाल आउने प्रतिक्षामा छन् । उनीहरुलाई उद्धार गर्न थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.