क्‍वारेन्टाइन बस्ने झन्झटले युवाले घरबाट हाम फालेपछि..

क्‍वारेन्टाइन बस्ने झन्झटले युवाले घरबाट हाम फालेपछि..

पोखरा : क्वारेन्टाइनमा बस्नुपर्ने झन्झटले पोखरामा एक युवाले घरबाट हाम फालेका छन् । पोखरा ८ इन्द्रपुरी टोलका २१ अभिषेक बस्नेत घरको दोस्रो तलाबाट हाम फालेका हुन् । स्थानीय र प्रहरीको डरका कारण उनी हाम फालेर भाग्न खोजेको प्रहरीको आशंका छ । 

'प्रहरी टोली पुग्नुअघि नै हाम फालेका रहेछन्, वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी यादव ढकालले भने, 'स्थानीय पुगेपछि डराएर भागेको हुनसक्छ।।'

प्रहरी टोलीले उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको जानकारी डीएसपी यादवले दिए । उनकै भनाइमा बस्नेतको अवस्था सामान्य छ । बस्नेत मध्याह्न १२ बजेतिर घरबाट हाम फालेका थिए । 

बस्नेत भारतबाट मंगलबार पोखरा आइपुगेका थिए । उनी आएको थाहा पाएका स्थानीयले क्वारेन्टाइनमा राख्नुपर्ने आवाज उठाएका थिए । जनप्रतिनिधिसहित पुगेर अहिले उनलाई प्रहरीले अस्पताल पुर्‍याएको हो । उपचारपछि पनि उनलाई क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिमार्फत समन्वय भइरहेको डीएसपी ढकालले सुनाए । 

उनको कोरोना परीक्षणका लागि स्वाब लिइसकिएको छ । भारतको कर्नाटक हुँदै आफू नेपाल छिर्न सकेको र तरकारी बोक्ने गाडीमा पोखरा आइपुगेको बस्नेतले स्थानीयलाई जानकारी दिएका थिए ।

'भारतको बिहारमा समेत क्वारेन्टाइनमा राखिएको थियो, त्यहाँबाट भागेर हामी थुप्रै नेपाली आयौं,' उनलाई उद्धृत गर्दै एक स्थानीयले भने । बस्नेतको स्थायी घर सोलुखुम्बु हो । उनका आमाबाबु पोखरामा डेरामा बस्छन् । रोजगारीको सिलसिलामा कर्नाटक भारतमा रहेका उनी कोरोना भाइरस कोभिड १९ को फैलावट रोक्न भारतमा पनि जारी लकडाउनका बेला नै नेपाल हिँडेका थिए । 

१२ दिन लगाएर उनी नेपाल आइपुगेका हुन् । 'भारतका प्रहरीलाई पैसा खुवाउँदै नेपाल छिरेका रहेछन्,' पोखरा ८ का वडाध्यक्ष रुद्र बरालले अन्नपूर्णसँग भने । बरालले बस्नेतलाई पोखरा महानगरपालिकाको जाल्पारोडस्थित क्वारेन्टाइनमा लगिसकिएको जानकारी दिए । कर्नाटकमा आफूले मजदुरी गर्दै आएको बस्नेतले बराललाई सुनाएका थिए ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.