अस्पतालबाटै हाम्फालेर भाग्‍ने कोरोना संक्रमित लागूऔषध मुद्दामा पक्राउ परेका थिए

अस्पतालबाटै हाम्फालेर भाग्‍ने कोरोना संक्रमित लागूऔषध मुद्दामा पक्राउ परेका थिए

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा बुधबार भागेका २ संक्रमित मध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डबाट बुधबार अपरान्ह साढे ३ बजेतिर दुइ जना भागेका थिए।

ती मध्ये पर्साको विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठा घर भएका संक्रमित २८ वर्षीय राजनाथ यादवलाइ भने प्रहरीले बुधबार नै साँझ नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखेको छ। अस्पतालबाट भागेर खेतको बाटो हुँदै पैदल बहुअर्वाभाठा जादै गरेका यादवलाई प्रहरीले वीरगन्ज शहर बाहिरको तिलावे खोलाको पुल नजिकको खेतबाट नियन्त्रणमा लिएको हो।

यादव लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा पनि हुन्। लागूऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएका यादवलाई मंगलवार कोरोना पुष्टि भएपछि मंगलवार बेलुकी नै अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो। यादवसँगै अस्पतालबाट फरार भएका अर्का संक्रमित वीरगन्ज १६ इनर्वाका ४४ वर्षीय जाबेद मियाको भने खोजी कार्य भइरहेको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्। पन्तका अनुसार अस्पतालबाट भागेर घर पुगेका मियाका बारेमा परिवारकै सदस्यले प्रहरीलाई फोन गरेर खबर गरेका थिए। तर प्रहरी मियाको घरमा पुग्नु भन्दा पहिले नै उनी मोबाइल फालेर भागेकाले पक्राउ गर्न नसकिएको पन्तले बताइन्। उनले भनिन् ‘मियाको खोजी भइरहेको छ। छिट्टै उनी पनि पक्राउ परिहाल्छन्।

मियालाइ पनि  मंगलवार दिउँसो कोरोना संक्रमणको पुष्टि भएपछि मंगलवार बेलुकी नै अस्पतालमा ल्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
प्रहरीका अनुसार अस्पतालको दोश्रो तल्लाको आइसोलेसन वार्डको शौचालयमा बुधबार अपरान्ह साढे ३ बजेतिर छिरेका दुवै जना संक्रमित शौचालयकै भेन्टीलेटर फोडेर त्यहिबाट हाम फालेर भागेका थिए। आइसोलेसन वार्डबाट २ संक्रमित भागेको खबर बाहिरिए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अस्पताललाई घेरा हालेको फरार दुवैको खोजी कार्य शुरु गरेको थियो। नारायणी अस्पतालको आइसोलेसन वार्डमा पर्सा, बारा, रौतहट र सर्लाहीका गरि ६९ जना संक्रमितहरुलाई राखेर उपचार हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.