सीमा अतिक्रमण : भारतसँग वार्ता ताकेता

सीमा अतिक्रमण : भारतसँग वार्ता ताकेता

काठमाडौं : नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि पुनः ताकेता गरेको छ। दूतावासका नियोग उपप्रमुख भारतकुमार रेग्मीले नेपाल हेर्ने डेस्क प्रमुख पीयूष श्रीवास्तवसँग वार्ताको तिथिका लागि पहल गरिरहेका छन्। श्रीवास्तव नेपालस्थित भारतीय दूतावासमा डीसीएम (उपप्रमुख) थिए, उनले नेपालको राजनीतिक मामिला पनि हेर्थे।

दूतावास अधिकारीहरूका अनुसार रेग्मीले लगातार श्रीवास्तवमार्फत वार्ताको तिथिमा पहल गरेका छन् भने राजदूत नीलाम्बर आचार्यले पनि आफ्ना फरक–फरक संयन्त्रमार्फत प्रयास गरिरहेका छन्। आचार्य र उत्तराखण्डका पूर्व मुख्यमन्त्रीसमेत रहिसकेका महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीसँग पनि उनले छलफल गरेका थिए। प्रबुद्ध व्यक्ति समूहमा दुई वर्ष सँगै काम गरेका उनीहरूबीच लामो छलफल भएको थियो। दुई दिनअघिको उक्त छलफलमा पनि वार्तामै जोड दिइएको र उक्त छलफललगत्तै राजदूतले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका थिए।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबारे नेपालले भारतसँग वार्ताको मितिका लागि पहल गरिरहेको हो। दिल्लीस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा बुधबार पनि तिथिका लागि फलोअप गरेको दूतावास अधिकारीले बताए। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि लैनचौरस्थित भारतीय दूतावासमा तिथिबारे छलफल गरेका थिए। नेपाल–भारतबीचको सुमधुर र ऐतिहासिक सम्बन्धलाई उचाइमा लैजान तत्काल परराष्ट्र सचिवस्तरीय वार्ता अगाडि बढाउन नेपालले चाहेको धारणा भारतलाई अवगत गराइएको छ।

गत कात्तिकमा भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले लगातार दुईपटक परराष्ट्र सचिवस्तरीय वार्ताको पहल गरेको थियो। यसपटक भने नेपालले वार्तामा जोड दिएको र कात्तिकदेखि लगातार फलोअप गरिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘हामीले भारतसँग कात्तिकदेखि नै लगातार वार्ताका लागि जोड गरिरहेका छौं। कोरोना भाइरसका कारण केही ढिलाइ भएको तर यही बीचमा सडक उद्घाटन भएकाले हामीले पुनः वार्ताका लागि जोड दिएका हौं,’ ज्ञवालीले भने, ‘वार्ता कोभिड–१९ पछि भन्नुपर्ने अवस्था छैन। किनकि सडक उद्घाटनलाई कोभिड–१९ ले नरोक्ने तर वार्तालाई किन ? ’

भारतीय राजदूतलाई परराष्ट्रमन्त्रीले नै विरोध पत्र (कूटनीतिक नोट) दिएर सरकारले असन्तुष्टि जनाए पनि भारतले उक्त सडक आफ्नै भूभागमा बनाएको दाबी गरेको छ।

मन्त्री ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सिंहदरबारस्थित कार्यकक्षमा बोलाएर नेपाली भूमिमा सडक अतिक्रमणदेखि जमिन अतिक्रमणसम्मका विषयमा ‘कूटनीतिक नोट’ दिएको तर उनले दुई दिनअघि विदेश मन्त्रालयले बाहिर ल्याएको धारणा सुनाएका थिए। ‘उहाँ (क्वात्रा) ले विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको प्रेस विज्ञप्ति पनि मन्त्री (ज्ञवाली) लाई दिनुभएको छ ,’ भारतीय दूतावासले जनाएको थियो। भारत वार्ताका लागि तयार रहेको बताउँदै कोभिडलगत्तै वार्ता गर्ने अडानमा छ। भारतमा कोभिडले निकै समस्या पारेकाले यसतर्फ बढी ध्यान केन्द्रित गर्नुपरेको भारतीय धारणा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.