महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : प्रचण्ड

महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको  सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवादमार्फत बिहीबार उद्घाटन गर्दै उनले भन 'महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको र यसका विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थितिअनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता हो।'

अध्यक्ष दाहालले भने, 'नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको छ। नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हो।'

उनले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिए।

सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले सामुदायिक र निजी विद्यालयका गरी २५० शिक्षक सहभागी रहेको प्रशिक्षणमा गुगल सर्टिभाइड प्रशिक्षक सुशील उप्रेतीको समूहले सहजीकरण गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.