नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान

नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ।

नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो। निगमको वाइडबडी जहाज आज राति ९:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

उनका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौं फर्कनेछ। काठमाडौं–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ। निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो। यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो।

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ। आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ। निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन्। निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौं–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा सुरु गरेको थियो। कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ। निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.