कोरोना संक्रमित भागे अब सुरक्षाकर्मीले गोली चलाउन पाउने

कोरोना संक्रमित भागे अब सुरक्षाकर्मीले गोली चलाउन पाउने

वीरगन्ज : पर्सामा अस्पतालमा उपचारमा रहेका कोरोनाका संक्रमित भागे वा भाग्न खोजे सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने निर्णय स्थानीय प्रशासनले गरेको छ। वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका २ संक्रमित गत बुधबार भागेपछि बिहिबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।

नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका दुइ संक्रमित गत बुधबार आइसोलेसन वार्डको शौचालयबाट हामफालेर भागेका थिए। ती दुवैलाई प्रहरीले ७ घण्टापछि नियन्त्रणमा लिएर बुधबार राति नै फेरि आइसोलेसनमा राखेको छ। अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका संक्रमित वा क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति, भागेमा नियन्त्रणमा लिन प्रहरीले आवश्यकता अनुसार सामान्य बल प्रयोग गर्ने र त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए। उनले भने ‘शुरुमै गोली हान्ने भनेको होइन्, सामान्य बल प्रयोग गरि नियन्त्रणमा लिन कोशिस गर्ने, त्यति गर्दा पनि सकिएन भने अन्तिम अवस्थामा मात्रै गोली चलाउने भनिएको हो, यसलाई अन्यथा लिनु हुदैन्।

संक्रमण पुष्टि भइसकेका संक्रमित अस्पतालबाट भागेर परिवार वा समुदायमा जादा त्यसले झन् संक्रमण फैलिने र समाजलाई नै ध्वस्त पार्ने भएकाले यस्तो निर्णय गरिएको उनले तर्क दिए। बुधबार दुइ संक्रमित भागेको घटनाको समिक्षापछि अब उप्रान्त कोहि पनि संक्रमित अस्पतालबाट नभागुन् भनेर मनोवैज्ञानिक त्रास होस् भन्नका लागि मात्रै यो निर्णय गर्नु परेको उनले बताए।

पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले पनि अस्पतालबाट भाग्ने संक्रमितले समाजमा थप संक्रमण फैलाउन सक्ने भएकाले भाग्ने संक्रमितलाई सुरक्षाकर्मीले हदैसम्मको बल प्रयोग गर्न सक्ने निर्णय भएको बताइन्। बुधबार दुइ संक्रमित अस्पतालबाट भागे, उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाइ हम्मेहम्मे पर्‍यो, उनले भनिन् ‘भागेका संक्रमित फेला परी हाले पनि प्रहरीले सिधै गएर समात्न पनि मिल्दैन्, त्यसैले अब अरु संक्रमित नभागुन् भनेर यो कठोर निर्णय गरिएको हो, जसमा अन्तिम अवस्थामा गोली फायरिङ पनि गर्न सकिने उल्लेख छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले अब उप्रान्त अस्पतालमा भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय पनि गरेको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले दिए। यसका साथै बैठकले वैशाख ३० गते बेलुकी ८ बजेदेखि पर्सा जिल्लाभरि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.