वीरगन्ज भन्सारमा लकडाउनको असर : २ महिनामा २३ अर्ब राजश्व घाटा

वीरगन्ज भन्सारमा लकडाउनको असर : २ महिनामा २३ अर्ब राजश्व घाटा

वीरगन्ज : कोरोना संक्रमणको महामारीले वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित हुँदा भन्सार राजश्व संकलनमा पनि असर परेको छ ।

आयात निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्जमा रहेका भन्सार कार्यालयको राजश्व संकलनमा पनि असर परेको हो । कोरोना महामारी नियन्त्रणका लागि नेपालमा चैत ११ देखि र भारतमा चैत १२ गतेदेखि लकडाउन जारी छ ।

लकडाउनमा भारत तथा तेश्रो मुलुकबाट मालवस्तुको आयत सहज नहुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजश्व संकलनमा परेको हो । वीरगन्ज नाकामा वीरगन्ज भन्सार (आइसीपी) र सिर्सिया सुख्खा बन्दरगाह भन्सार गरी दुई भन्सार कार्यालय छन् । लकडाउले चैत र बैशाख दुवै महिनामा, वीरगन्जका भन्सार कार्यालयले लक्ष्य भन्दा २३ अर्ब कम राजश्व संकलन गरेका छन् ।

गत बैशाख महिनामा मात्रै दुवै भन्सारले भन्सार विभागले दिएको लक्ष्य भन्दा १२ अर्ब ६७ करोड ८१ लाख कम राजश्व संकलन गरे । बैशाख महिनामा विभागले दुवै भन्सारलाई १८ अर्ब ४८ करोड ६६ लाखको लक्ष्य दिएको थियो । तर दुवै भन्सार कार्यालयले ५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ मात्रै राजश्व उठाउन सकेका हुन् ।

गत चैतामा पनि यी दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब ११ अर्ब १ करोड ४३ लाख कम राजश्व संकलन गरेका थिए । चैतमा दुवै भन्सार कार्यालयलाई विभागले १८ अर्ब ४१ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा दुवै भन्सारले ७ अर्ब ३९ करोड ७५ लाख मात्र राजश्व संकलन गर्न सकेका थिए ।

बैशाख महिनामा १५ अर्ब १२ करोड ७७ लाखको लक्ष्य पाएको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको २९ प्रतिशत मात्र अर्थात ४ अर्ब ४१ करोड ८९ लाख मात्रै राजश्व उठाएको छ । बैशाखमा ३ अर्ब ३५ करोड ८८ लाखको लक्ष्य पाएको सिर्सिया सुख्खा बन्दरगाह भन्सारले पनि लक्ष्यको ४० प्रतिशत मात्र अर्थात १ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ मात्रै राजश्व संकलन गर्न सकेको छ ।

यसअघि चैतमा पनि वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ३५.६१ प्रतिशत मात्र अर्थात ५ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो । सिर्सिया सुख्खा बन्दरगाह भन्सारले पनि चैतमा लक्ष्यको ६४ प्रतिशत मात्र २ अर्ब ३ करोड मात्रै राजश्व संकलन गरेको थियो ।

दैनिक ५२ करोडबाट ५ करोडमा खस्कियो

वीरगन्ज भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक औसतमा ५२ करोड राजश्व संकलन गर्ने गरेको थियो । तर लकडाउन सुरु भएपछि दैनिक औसतमा ५ देखि ६ करोड मात्रै राजश्व संकलन भइरहेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डी प्रसाद निरौलालले जानकारी दिए ।

लकडाउन यता इन्धन बाहेक अरु सबै सामानको आयात ह्वात्तै घटेका कारण त्यसको असर राजश्व संकलनमा परेको उनले बताए । अहिले जुन राजश्व उठेको छ त्यो इन्धनले धानेको हो, इन्धनपछि सबै भन्दा बढि राजश्व दिने औद्योगिक कच्चा पदार्थ र नयाँ सवारी साधन हुन्, तर औद्योगिक कच्चा पदार्थको आयात नगण्यको बराबर छ, नयाँ सवारी साधन पनि आयात भएको छैन,’ उनले भने ।

चैत ११ देखि लकडाउन भएपछि भारत तथा तेश्रो मुलुकबाट पहिलेको तुलनामा १० प्रतिशत भन्दा पनि कम मालवस्तु आइरहेको निरौलालले बताए । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि लकडाउनका कारणले मालवस्तुको आयात कम हुदा त्यसको प्रत्यक्ष असर भन्सार राजश्व संकलनमा परेको बताए । भारत तथा तेश्रो मुलुकबाट रेलमार्ग हुँदै मालसामान पहिलेको भन्दा लकडाउन यता ६० प्रतिशत भन्द्या पनि कम नै आइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.