शौच गएका युवा मृत भेटिए
कपिलवस्तु : बिहान शौच गर्न गएका एक युवा मृत अवस्थामा फेला परेका छन् । बुद्धभूमि नगरपालिका ६ पण्डितपुरका २२ वर्षीय दिनेश मल्लाह घर नजिकै करीब अढाइ किलोमीटर जंगल छेउको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए ।
आइतबार बिहान ५ बजे शौच गर्न निस्केका मल्लाह १२ बजेसम्म घर नर्फिएपछि परिवारले उनको खोजी गरेका थिए । खोजी गर्दा उनको शव खेतमा फेला परेको मृतकका पिता पन्नेलाल मल्लाहले बताए । पोष्टमार्टमपछि मात्रै घटनाको बारेमा बताउन सकिने प्रहरी निरीक्षक रानाले बताए ।
घटनाबारे गहन अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्न पीडित परिवारले प्रहरीसँग माग गरेका छन्। मृतक मल्लाह स्थानीय भाषाका गायक र गीति एल्बम बनाउने गर्थे।
प्रतिक्रिया दिनुहोस !