कपिलवस्तु पालिकाले १ हजार थान भिटिएम खरिद गर्दै

कपिलवस्तु पालिकाले १ हजार थान भिटिएम खरिद गर्दै

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाले नगरपालिका क्षेत्रका क्वारेन्टाइनमा बसेकाको कोरोना संक्रमण परीक्षणका लागि पीसीआर टेष्ट गर्ने भिटिएम १ हजार किट खरिद गर्ने भएको छ । प्रदेश सरकारबाट क्वारेन्टाइनमा बसेका सर्वसाधारणको स्वाब परीक्षणका लागि भिटिएमलगायत आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु नपाउँदा नगरपालिकाले आफ्नै स्रोतबाट सो सामाग्री खरिद गर्न लागेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए । 

यसका लागि पटक पटक प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्दा पनि नपाएपछि बाध्य भई नगरपालिकाबाटै खर्च व्यहोर्ने गरी किट गरिद गर्न लागिएको नगर प्रमुख सिंहले बताए । 

खरिद गरिएका किटबाट नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३७ वटा क्वारेन्टाइनमा रहेका करीब १ हजार जनाको कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए । 

नगरपालिकाका क्वारेन्टाइनमा २ हप्ता बसी सकेका सर्वसाधारणको कोरोना परीक्षण हुन सकेको छैन । उनीहरु २ हप्ता क्वारेन्टाइन बसाइ पछि जबरजस्ती घर जान खोज्दा रोक्न सकिने अवस्था छैन ।

' नगरपालिकाको आफ्नै स्रोतमा पीसीआर टेष्ट गर्ने भिटिएम गरिद गर्नु परेको हो, स्वास्थ्य संयोजक गुप्ताले भने, 'यसरी खरिद गरिएको किटबाट हालसम्म क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गर्न सकिन्छ ।'

परीक्षणका क्रममा कसैमा पोजेटिभ देखिए उसको सम्पर्कमा आएका अन्यको परीक्षणका लागि थप किटको व्यवस्थापन गरिनेछ, 'स्वास्थ्य संयोजक गुप्ताले भने । नगरपालिकाले आफ्नै स्रोतमा कोराना परीक्षणको काम सुरु गर्न लागेको भन्दै नगर क्षेत्रका सबै राजनैतिक दल, नागरिक समाज र नगरवासीले यो कामको स्वागत गरेका छन् । 

'आफ्ना नगरवासीप्रतिको जिम्मेवारी नगरपालिकाले वहन गर्ने काम कपिलवस्तु नगरपालिकाबाट सुरु भयो जिल्लाका अन्य नगरपालिकाले पनि यो विषयमा संवेदनशील हुनुपर्छ,'  मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.