कपिलवस्तु जेठ २० गतेसम्म 'सिल '

कपिलवस्तु जेठ २० गतेसम्म 'सिल '

कपिलवस्तु : जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण जिल्लालाई जेठ २० गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सरकारले घोषणा गरेको लकडाउनको समय जेठ २० गते राती १२ बजे सम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । 

यस अवधीमा अति आवश्यकीय सवारी साधनबाहेक सबै सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनलाई भने जिल्लामा रोकेर कसैलाई चढाउन र झार्न नमिल्ने बताइएको छ । 

अति आवश्यकीय सामग्री, खाद्यान्न र औषधि खरिदका लागि प्रत्ये सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजे सम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए ।  जिल्ला सिल भएको अवस्थालाई उल्लघंन गर्नेमाथि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० क र संक्रामक रोग ऐन २०२० दफा २ ९१० बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तथा गृह मंत्रालयबाट जारी भएका इपास पनि यस अवधिसम्मका लागि स्वत: निष्क्रिय हुने जनाइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.