क्‍वारेन्टाइनमा रहेकाको छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गर्न आयोगको आग्रह

क्‍वारेन्टाइनमा रहेकाको छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गर्न आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ। 

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रदेश तथा स्थानीय तहसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन आयोग आग्रह गरिएको छ। प्रत्येक स्वास्थ्यउपचार केन्द्र तथा अस्पताललाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै  सङ्क्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। 

विश्व स्वास्थ संगठनको क्वारेन्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायको कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, क्वारेन्टाइनका व्यक्तिलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, शारीरिक दूरी कायम हुनुपर्ने, परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलब्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था हुनुपर्ने उल्लेख छ। 

आयोगको अनुगमनको क्रममा उक्त मापदण्ड अनुरुप क्वारेन्टाइनमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहजस्ता आवश्यकतासमेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानवअधिकार सङ्कुचनमा परेको देखिन्छ। 

व्यवस्थित हुन नसक्दा सम्भावित सङ्क्रमित क्वारेन्टाइनमा बस्न नचाहने र बसिरहेका पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङ्क्रामक रोग अझ बढी फैलिने देखिन्छ।  नेपालमा फैलिरहेको कोभिड–१९ को असर र त्यसको कारणबाट नेपालमा एक सुत्केरी महिलासहित दुई जनाको निधनप्रति आयोगले समवेदना प्रकट गरेको छ। कोभिड–१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ। कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा दिनरात खटिएका चिकित्सक, नर्स, सफाइ कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन कार्यमा संलग्न स्वयंसेवक तथा सञ्चारकर्मीहरुप्रति आयोगले विशेष धन्यवाद ज्ञापन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.