सीमामा सशस्त्र प्रहरी र जनता सँगसँगै

सीमामा सशस्त्र प्रहरी र जनता सँगसँगै

विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको संक्रमणलाई थप फैलिन नदिन यसका संक्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै खटिएका छन् । 

संक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता सँगसँगै खटिएका कारण सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण भएको भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले बताए । उनले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना संक्रमण थप फैलिन नदिन सीमा सिल गर्ने काम भएकामा खुशी व्यक्त गरे । 

सीमामा सशस्त्र प्रहरी र जनताको संयुक्त पहरेदारीले कोरोना रोकथाम तथा सीमाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । अध्यक्ष बुढाले अहिले अस्थायी संरचनामा बसेर सीमाको रक्षा गरिरहेको सशस्त्र प्रहरीको बिओपीमा पक्की भौतिक संरचना निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेर संरचना निर्माण भइरहेको बताए । 

खुला सिमानाका कारण भित्रिने अवैध सामान तथा कोरोना नियन्त्रणका लागि आवतजावतमा नियन्त्रण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रतन रेग्मीले बताए। 

प्रहरी चौकीको सञ्चालनका लागि स्थानीय तह तथा स्थानीय बासिन्दाको सहयोग निरन्तर रहेको रेग्मीले बताएका छन् । हावाहुरी र असिनापानीले सशस्त्र प्रहरीलाई समस्यामा पारेको बताउँदै रेग्मीले सीमानाकाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि स्थायीरूपमा सशस्त्र प्रहरी चौकी स्थापनाका लागि पहल गरिरहेका छन् । 

प्रहरी चौकीको स्थापनासँगै भारतीय क्षेत्रबाट आएर गर्ने लुटपाट तथा चोरी तस्करी नियन्त्रणमा आएको हुँदा स्थायीरूपमा सशस्त्र प्रहरीको चौकी यहीँ रहनुपर्ने आवश्यकता रहेको छ ।

सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेशका सहायक प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भेषबहादुर शाहले सीमारक्षा तथा आवतजावत रोक्ने सरकारको निर्देशन पालनामा सशस्त्र प्रहरी जनतासँग मिलेर अहोरात्र खटिरहेको बताए । हावाहुरी, चट्याङ र पानीले गर्दा सीमामा खटिएका प्रहरीलाई समस्या भए पनि राज्यलाई परिआएको बेलामा आफूहरूले जसरी पनि राज्यको नीतिअनुरूप काम गर्ने शाहले जानकारी दिए ।

'हावाहुरीले चौकी उडाउने लगायतका समस्या अस्थायी चौकीमा देखिएको छ', उनले भने, 'यस्तो समस्या भए पनि सशस्त्र प्रहरीका सिपाहीहरू चौबिसै घण्टा खटिएका छन् ।'

सीमामा खटिएका सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तह तथा स्थानीय जनताले गरेको समन्वय प्रंशसनीय भएको शाहले बताए । उनले कैलालीमा स्थायी र अस्थायी गरी २३ बिओपी र १२३ सशस्त्र प्रहरी चौकीबाट सीमामा निगरानी राखिरहेको बताएका छन् । शाहले सीमा क्षेत्रमा करिब एक किलोमिटरको फरकमा अस्थायी चौकीहरु निर्माण गरेर निगरानी राखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.