कपिलवस्तुमा ३ वर्षीया बालिकासहित १२ जनामा कोरोना संक्रमण
कपिलवस्तु : जिल्लामा ३ वर्षीय छोरी र आमासहित थप १२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ।प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवाका अनुसार महाराजगंज नगरपालिकाका ६ जना पुरुष तथा ३ जना महिला र विजयनगर गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमित पुष्टि भएको छ ।
संक्रमित नयाँ बिरामीको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । नयाँ पुष्टि भएका १२ संक्रमितसहित जिल्लामा कुल ५९ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रतिक्रिया दिनुहोस !