१६५ भारतीय  बोकेर फर्कियो एयर इण्डिया

१६५ भारतीय  बोकेर फर्कियो एयर इण्डिया

काठमाडौं : भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ। भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो। यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो।

एयर इण्डियाको चार्टर्ड उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिए। यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन्। सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ। पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ। सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो । यो अवधिमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आजसम्म उद्धार र कार्गो उडान गरी ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.