प्रदेशसभाका दुई सांसदको आरडीटी रिपोर्ट पोजिटिभ

प्रदेशसभाका दुई सांसदको आरडीटी रिपोर्ट पोजिटिभ

बुटवल : प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा दुई सदस्यको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।

भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पाजिटिभ रिपोर्ट आएको हो। प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड रहेका छन्।

प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ।

पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ।

प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.