वडा अध्यक्षलाई कोरोना संक्रमण

वडा अध्यक्षलाई कोरोना संक्रमण

कपिलवस्तु : लक डाउनमा अलपत्र परेका वडावासीको उद्दारमा खटिएका वाणगंगा नगरपालिकाका एक वडा अध्यक्ष नै कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार कपिलवस्तु जिल्लाका ८ जना कोरोना संक्रमितमध्ये १ जना वडा अध्यक्ष र १ जना संचारकर्मी रहेका छन् । योसंगै जिल्लामा कुल ७७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । 

संक्रमित वडा अध्यक्ष भारतका विभिन्न शहरबाट घर फर्कंदा सीमा क्षेत्रमा अलपत्र परेका वडावासीलाई वडामा ल्याइ क्वारेन्टाइनमा राख्न सक्रिय भइ लागेका थिए । कोरोना संक्रमणविरुद्ध कडा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू संक्रमित भएको र आफूले उच्च मनोवल लिएर कोरोनासँग लड्ने वडा अध्यक्षले बताए । अबका केही दिन मोवाइल तथा इन्टरनेट सेवामार्फत् आइसोलेसन वार्डबाटै भए पनि वडावासी तथा समग्र नगरवासीको सहयोगमा सक्रिय भइ लाग्ने वडा अध्यक्षले बताए । 

संक्रमित वडा अध्यक्ष नगरपालिकाका अन्य कामहरुमा सहभागी भएका, नगरपालिका र वडाका विभिन्न बैठक तथा भेटघाटमा सहभागी भएका कारण उनी मार्फत् नगर क्षेत्रका अन्यमा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको बताइएको छ । वडा अध्यक्ष हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनको अवस्थामा सामान्य रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.