‘लकडाउनमा रक्तदान, बिरामीलाई वरदान’

‘लकडाउनमा रक्तदान, बिरामीलाई वरदान’

जनकपुरधाम : कोरोना (कोभिड–१९) महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेपछि संस्थागत रुपमा रक्तदान हुन थालेको छ । लकडाउनलाई मध्यनजर गर्दै रगत अभाव हुन नदिन ६४ जना युवाले जनकपुरमा रक्तदान गरेका छन् । 

नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनमा रगत अभाव हुन नदिन रगक्तदान गरिएको व्याहुत कलवार सेवा समितिले जनाएको छ ।‘लकडाउनमा मानिस घरमै रहने तथा चाहिएको बेलामा रेडक्रससम्म पुग्न अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेका हौं’, ब्याहुत युवा मञ्चका अध्यक्ष राकेश विक्रम साहले भने, ‘प्रादेशिक अस्पताल कोरोना अस्पतालमा परिणत भएकोले रक्तदान गर्न सर्वसाधारण जान हिच्किचाउँछन्, त्यही भएर हामीले रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं ।’ 

देशभर रगतको अभाव भएको समाचार आइरहँदा ब्याहुत सेवा समितिले छोटो सूचनामा पनि समाजका विभिन्न तहका नागरिकले साहसका साथ घरबाहिर आएर रक्तदान गरेका अध्यक्ष शम्भु साहले बताए । उनले भने, ‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

लकडाउनले रगत अभावको बेला ब्याहुत कलवार सेवा समितिले गरेका रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री नरेश सिंहले बताए । उनले भने, ‘जनकपुर जस्तो ठाउँमा दैनिक ५० देखि १०० पोका रगत आवश्यक पर्छ, सबैले रगत दिन मान्दैनन्, त्यस्तो बेलामा बिरामीको अवस्थालाई हरेरे जसरी पनि रगत दिनुपर्छ, अझ यस्तो महामारीमा युवाहरुले गरेको रक्तदान रेडक्रसका लागि बरदान हो ।’  

लकडाउनको पूर्ण पालना गर्दै रगत दान गर्न सकिने उनको सुझाव छ । ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै हामीले रगत लिने गरेका छौँ, आज पनि हामीले ती सबै विधि अपनाएका छौँ,’ उनले भने, ‘रक्तदान गर्नुअघि सबैले हात साबुन–पानीले धुने, सेनिटाइजर प्रयोग गर्ने, एक–एक गरी भित्र लैजाने गरेका थियौँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.