अछाममा ३ अर्ब ३६ करोड बजेट : कुन पालिकामा कति ?
अछाम : अछामका स्थानीय तहललाई संघीय सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८का लागि तीन अर्ब ३६ करोड ३२ लाख बजेट बिनियोजन गरेको छ। समानिकरण, सशर्त र समपुरक अनुदान गरी संघीय सरकारले जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट उपलब्ध गराएको हो।
जिल्लाको दश स्थानीय तह मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिकाले ४८ करोड ११ लाख प्राप्त गरेको छ। यसैगरी मंगलसेन नगरपालिकालाई ४१ करोड १७ लाख, तुर्माखाद गाउँपालिकालाई ३६ करोड ३४ लाख, रामारोशन गाउँपालिकालाई ३५करोड ८७ लाख, कमलबजार नगरपालिकालाई ३४ करोड ११ लाख, पंञ्चदेवल विनायक नगरपालिकालाई ३३ करोड २० लाख, चौरपाटी गाउँपालिकालाई ३० करोड ३६ लाख, मेल्लेख गाउँपालिकालाई २९ करोड ६७ लाख, ढकारी गाउँपालिकालाई २४ करोड ४६ लाख, र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकालाई २३ करोड ३ हजार बिनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस !