संखुवासभाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि
संखुवासभा : भारतबाट आएका दुई जनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। खाँदबारी–७ का २३ वर्षीय र पाँचखपन–१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवत्ता रोषण श्रेष्ठले जानकारी दिए।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना देखिएको छ। खाँदबारी–९ तुम्लिङटारका क्वारेन्टाइनमा राखिएका ७ जना मध्ये दुई जना पुरुषमा कोरोना पुष्टि भएपछि एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ। सुनौली नाकाबाट उद्धार गरेर ल्याइएको ७ जनाको स्वाब परिक्षणका लागि बुधबार धरान पठाइएको थियो। उनीहरुलाई १३ गते संखुवासभा ल्याइएको थियो। जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्।
प्रतिक्रिया दिनुहोस !